Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

कपिलवस्तु जिल्ला पूर्ण लकडाउन हुदै

कपिलवस्तु,

स्थानीय प्रशासनले २७ गते मंगलवार विहान ५ बजेबाट कपिलवस्तु जिल्लालाई पूर्ण रुपले लक डाउन गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थाले पछि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलेको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा ८ सय ५७ जनामा कोरोना पुष्टि भई सकेको र यो संख्या अझै बढ्न सक्ने र त्यसबाट कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै यस्तो लक डाउन गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार २७ गते मंगलवार विहान ५ बजे देखि ३२ गते राती १२ बजे सम्मलाई पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ ।

लक डाउनको अवधी भर अति आवश्यक सेवाका पसल तथा सवारी साधान बाहेक सवै वन्द हुने जनाईएको छ । मेडिकल, पानी, दुध जस्ता वस्तुहरु बाहेक सवै पसल व्यवसाय वन्द गर्ने निर्णय गरिएको छ । उद्योग तथा कलकारखानाको भने स्वास्थ्य मंन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार सुरक्षाको सर्तकता अपनाएर संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

दमकल, एम्बुलेन्स, शव बाहन, दुध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु संचालनमा पूर्ण रोक लगाईएको छ । राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् । तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन विहान ८ बजे देखि १० बजे सम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP