Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

भारतसँगको सम्वन्धलाई ख्यालठट्टा गरेर झन विगारियो : पूर्व राजदूत उपाध्याय

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालको तर्फबाट कुटनीतिक कमजोरी भएको सरकारले महसुस गरेको बताउनुभएको छ ।

सरकारका उच्च अधिकारीहरुसँगका बैठक तथा कुराकानीका क्रममा आफुले गल्ती भएको महसुस नेपाल सरकारले पनि गरेको पाएको जानकारी दिनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट पनि केही कमीकमजोरी भएका छन् । त्यो कुरा नेपाल सरकारकाले पनि महसुस गरेको छ । अव समस्याको समाधानका लागि बाटो खुल्नसक्छ ।”

उहाँले दुई देशका बीचमा विवाद हुनुमा भारतले पनि कहीँ न कहीँ आफ्नो गल्ती महसुस गरेको पाएको उहाँले बताउनुभयो । “नेपाल र भारतका बीचमा विवाद हुनु दुवै देशको कुटनीतिक असफलता हो, त्यसमा नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कमजोरी देखिन्छ,” उहाँले भन्नुभयो ।

नेपालको तर्फबाट भारतसँगको सम्वन्धलाई ख्यालठट्टा गरेर विगारिएको उहाँको भनाई छ । पूर्व राजदूत उपाध्यायले पहिला पहिला दुई देशका बीचमा विवाद भइरहेका बेला पनि कुराकानी भइरहने गरेको स्मरण गर्दै अहिले भने त्यो पनि हुन नसकेको बताउनुभयो ।

नेपाल र भारतका बीचमा सम्वन्ध विग्रिदा भारतलाई भन्दा नेपाललाई बढी समस्या पर्ने र सरकारलाई भन्दा जनतालाई समस्या पर्ने उहाँको भनाई छ ।

नेपाल र नेपालीलाई बढी समस्या पर्ने भएकाले समाधानको प्रयास पनि नेपालकै तर्फबाट धेरै हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP