Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

कञ्चनपुर: क्वारेन्टीनमै करेन्ट लागेर एक महिलाको मृत्यु

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मौरीफाँटाकी २३ वर्षीया युवती राधा देवी ओडको क्वारेन्टीनमै करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार मात्रै गौरीफण्टा नाका हुँदै नेपाल भित्रिई गाउँकै क्वारेन्टीनमा बसेकी राधाको नुहाइधुवाइ गर्ने क्रममा विद्युतीय करेन्ट लागेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

मौरीफाँटामा रहेको महाकाली माविको क्वारेन्टीनमा विद्युत् जोड्न टाँगिएको अव्यवस्थित तारबाट करेन्ट लागेर घाइते भएकी राधाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनु भएको छ ।

क्वारेन्टीनको उचित व्यवस्थापन नहुँदा राधाले ज्यान गुमाउनु परेकोले आवश्यक छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै बुधबार गुलरियामा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीहरुले मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीहरुले कृष्णपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालय र गुलरिया बजार समेत बन्द गराएका छन् ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले क्वारेन्टीनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई नगर कार्यपालिकाबाट निर्णय गरी राहत दिइने बताउनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP