Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पश्चिमी नाकाबाट नेपाल भित्रिने पर्यटकहरुलाई भीमदत्त रथमा परिक्रमा

कञ्चनपुर – भीमदत्त नगरपालिकाले पर्यटन वर्षको अवसरमा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई भीमरथमा परिक्रमा गराएको छ ।

पर्यटन वर्षका अवसरमा गड्डाचौकीमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाने त्यस नाकाबाट नेपाल भित्रिने पहिलो पर्यटक दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगीसहित पाँच जना विदेशी पर्यटकलाई सम्मान गर्दै भीमरथमा परिश्रमा गराएको हो ।

सम्मानित हुनेमा एक जना दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगी, तीन जना जर्मनी नागरिक र एकजना इटलियन नागरिक रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य माननीय डा. दिपकप्रकाश भट्टले ढाका टोपी तथा खादा ओढाएर सम्मान गर्नुभएको हो ।

सम्मानपछि बोल्दै विदेशी नागरिकहरुले नेपालका तर्फबाट आफूहरुले पाएको सम्मानप्रति खुशी व्यक्त गरेका छन् । उनीहरुले नेपाल र नेपालीका बारेमा धेरै कुरा सुनेको बताउँदै आगमनसँगैको खुशीले फेरि फेरि आउनका लागि थप प्रोत्साहन मिलेको बताए ।

कार्यक्रममा सुदूरपश्चिमका वेषभूषा, पहिचान झल्किने छलिया नाच, भुवा नाच तथा राना थारुको नृत्य प्रस्तुत गरिएको थियो ।

पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकलाई यहाँका पर्यटकीयस्थलका बारेमा जानकारी दिन गड्डाचौकीसँगै विभिन्न स्थानमा क्षेत्रमा होर्डिङबोर्डहरू राखिएका छन् ।

यता, अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०१९ डिसेम्बर २९ सम्म गड्डाचौकी नाका भएर दुई हजार नौ सय ३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०१८ मा दुई हजार नौ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । 

कार्यालयका अनुसार यहाँबाट अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक नेपाल भित्रिने गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP