Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

फरार अभियुक्त रौनियारको खोजी जारी

काठमाडौँ । धनुषा मिथिला नगरपालिकाका रामप्रसाद महतोले जग्गा खरिद गर्नका लागि २०७२ सालमा १ करोड रुपैयाँ संजय साह रौनियार भन्ने साहूसँग ऋण लिनुभयो ।

ऋण चुक्ता गर्दै जाँदा उल्टै रौनियारले महतोमाथि मुद्दा दर्तागरेपछि आफ्नै जग्गाको उपभोगबाट वञ्चित हुनुपर्‍यो । उल्टै मुद्दासमेत खेप्नुपर्‍यो। एक करोड ऋण एक वर्षमा चुक्ता गर्छु भन्दै उहाँले ३/३ महिनामा गरी ६५ लाख रुपैयाँ तिर्नुभयो ।

तर, ऋण चुक्ता गरेको कुनै प्रमाण भने पाउनुभएन । पछि साहूले आफूमाथि नै मुद्दा चलाउँदा उहाँ न्यायका लागि काठमाडौँ आउनुभयो । सरकारले आश्वासन दिएपछि अन्य पीडितसँगै मिलेर साहुका विरुद्ध उजुरी दिनुभयो ।

महतो भन्नुहुन्छ, ‘सबैजनाले मिलेर सर्लाहीको मलङ्गवामा गएर सञ्जयविरुद्ध उजुरी दियौँ । तर, उनी फरार भएका छन् । प्रहरीले ३५ दिनको पक्राउ पूर्जी काटेको छ । न्याय पाउँछौं भन्ने ९० प्रतिशत आशावादी छौँ ।’

राठौरले सञ्जय साह भारततीर फरार रहेको सूचना पाएको भन्दै उनको खोजीका लागि भारतीय प्रहरीसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले रामबाबु राय धरौटीमा रिहा भए पनि सम्पत्ति शुद्धिकरणका लागि फेरि पक्राउ परिसकेको पनि बताउनुभयो ।

सर्लाही वागमती नगरपालिका ७ का छविलाल साह, सर्लाहीकै रामबाबु रायबाट पीडित हुनुभयो । उहाँले २०६४ सालमा लिनुुभएको सवा ४ लाख ऋण लिँदा १६ कट्ठा जग्गा साहूुकै नाममा दृष्टिबन्धक गर्नुुभयो । साढे ८ लाख रुपैयाँ पनि तिर्नुभयो ।

आफ्नो सर्वस्व नै गुमाउनुभएका साहले प्रहरीमा जोहरी दिनुभयो । तर, अहिले पीडक धरौटीमा छुटेको सुन्दा उहाँ निराश हुनुभएको छ । साह भन्नुहुन्छ, ‘ठगी मुद्दामै पक्राउ परेका श्याम परदेशी अझै जेलमै छन् । तर, रामबाबुलाई अदालतले १५ लाख धरौटी मागेर छोडेको छ । हामीमाथि झन् अन्याय भएको छ । अब हामी पुनरावेदन जाने तयारीमा छौँ । ’

साहले रामबाबु छुटेमा आफूहरूलाई अप्ठ्यारो हुन सक्ने भन्दै चिन्ताले सताउन थालेको सुनाउनुभयो । घरपरिवार चलाउन र आइपर्ने आर्थिक समस्यालाई टार्न विपन्नका लागि एउटै विकल्प हुन्छ साहूसँग ऋण लिनु, व्यवहार टार्नु ।

प्रदेश २ का साहुसँग लिएको ऋण ब्याज सावाँ गर्दागर्दै घर घडेरी गुमाएकाहरु न्यायको लडाइ लडिरहेका छन् । रामबाबु र सञ्जय साह रौनियार दुईजना कथित साहूबाट प्रदेश २ का महोत्तरी, सर्लाही, धनुषा, सिरहा गरी झन्डै ५ हजारभन्दा बढी पीडित भए ।

साहूले ऋण दिने तर, ऋण तिर्दा पनि व्याज र साँवा गरेर घर घडेरी पनि आफ्नै नाममा गराएपछि डेढ महिनाअघि पीडितहरू न्यायको खोजीमा काठमाडौँ आएका थिए । एकजना पीडक रामबाबु पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने अर्का पीडक सञ्जय साह अझै फरार छन् ।

पाहाड, तराई होस या हिमाल विपन्न परिवार मिटरब्याजको पासोमा जेलिएका छन् । मिटरब्याजले कैयौँ पारिवारीक जीवन मात्रै समाप्त पारेको छैन । मिटर ब्याजी धन्दा नियन्त्रण नगरेमा अर्थव्यवस्थाका लागि ठूलो चुनौती बन्ने विज्ञ बताउँछन ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी प्रतितसिंह राठौरका अनुसार फरार रहेका अभियुक्तको खोजी भइरहेको छ । राठौरले सञ्जय साह भारततीर फरार रहेको सूचना पाएको भन्दै उनको खोजीका लागि भारतीय प्रहरीसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले रामबाबु राय धरौटीमा रिहा भए पनि सम्पत्ति शुद्धिकरणका लागि फेरि पक्राउ परिसकेको पनि बताउनुभयो ।

प्रमाण नपुगेको भन्दै छानविन जारी राख्नेगरी धरौटीमा छुटेका रामबाबु रायमाथि कारबाही र अनुसन्धान जारी नै रहेको अधिवक्ता उमेश साहको भनाइ छ । उहाँका अनुसार प्रमाण नजुटेका कारण अदालतले उनलाई धरौटी माग गरेर छोडेको थियो ।

अधिवक्ता साह भन्नुहुन्छ, ‘रामबाबुका श्रीमति, सन्तानका नाममा पनि मुद्दा दायर छ । उनीमाथि कारबाहीको प्रक्रिया अझै टुङ्गिएको छैन । उनी दोषी प्रमाणित भएपछि सजाय हुनुका साथै पीडितले आफ्ना पैसा र जग्गा पनि फिर्ता पाउन सक्छन् ।’

पाहाड, तराई होस या हिमाल विपन्न परिवार मिटरब्याजको पासोमा जेलिएका छन् । मिटरब्याजले कैयौँ पारिवारीक जीवन मात्रै समाप्त पारेको छैन । मिटर ब्याजी धन्दा नियन्त्रण नगरेमा अर्थव्यवस्थाका लागि ठूलो चुनौती बन्ने विज्ञ बताउँछन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP