Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !’

काठमाडौँ । एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट लडेर घाइते बनेकी सल्यान शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुन नसक्दा निधन भएको हो ।

आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गराएका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उद्धार हुन नसकेको र अन्ततः ज्यानै गुमाउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’

उनले समाजिक सञ्जालमा लेखेका छन्,

उनी मेरी फुपुकी छोरी बहिनी,

गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उद्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे । एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।

यो परिस्थितिको सृजना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।

प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट लडेको करिव ९ घण्टा बितिसकेको थियो ।

कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’

हेलिकप्टरबाट छोरीको उद्धार गरि छोरीलाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा, आमा, नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राति कल्पनाको दुःखद निधन भयो ।

बिडम्बना !

सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन । राज्यका अङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।

तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ ? यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ? राज्य संयन्त्र निर्देसित मात्र देखियो, यसलाइ उत्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि ? तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।

हार्दिक श्रद्धाञ्जली बहिनी ।

तिम्रो आत्माले शान्ति पाओस् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP