Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राष्टिय जनावर गाइको महत्व घट्दै छाडाछाड्ने क्रम बढ्दो

कपिलवस्तु। राष्टिय जनावर गाइको महत्व घट्दै मात्र गएको छैन तिनलाइ छाडाछाड्ने क्रम बढ्दो छ । यतिसम्म कि गाइबाट आम्दानी लिने त्रर दुध दिन छाडेपछि राजमार्गमा छाड्ने प्रवृति बढ्दै जाँदा दुर्घटना समेत बढ्दै गएपछि तिनको संरक्षणका लागी व्यवस्थीत गौशाला बनाउने उदेश्यले रकम संकलनार्थ कपिलवस्तुको बाणगंगा स्थीत रामदतियलमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको छ ।

कपिलवस्तुको राजमार्ग आसपासका क्षेत्रमा दैनिकजसो छाडागाइ बढेकाले तिनको संरक्षणका लागी रकम संकलन गर्ने उदेश्यले बाणगंगा स्थीत रामदतिवलमा श्रीमद्भागवत महापुराणको आयोजना गरिएको छ । राष्टिय जनावर गाईलाइ दुध दिँदासम्म पाल्ने त्यसपछि कपिलवस्तु लगायत राजमार्ग क्षेत्रमा छाडाछाडदै जाँदा दुर्घटना समेत बढेकाले तिनको संरक्षणका लागी गौशाला निर्माणार्थ रकम संकलन गर्ने उदेश्यले श्रीमद्भागवत महापुराण आयोजना भएको हो । विगत केही महिना अगाडी नेपालगन्जबाट सुर्खेत पठाएका दर्जनौ गाइको मृत्युसँगै कपिलवस्तु लगायतमा उनीहरुको संरक्षणका लागी चांसो बढेको पण्डित ऋषिकेश पोखरेल बताउनुहुन्छ ।

गाइको संरक्षण सहित धार्मिक पर्यटकिय महत्व बोकेको रामदतिवल धामको थप विकासका लागी आफु लागीपर्ने ५ नम्वर प्रदेशका सांसद विष्णु पन्थी बताउनुहुन्छ ।

किम्बदन्ती अनुसार तेत्रा युगमा रामघाटलक्ष्मणघाट हुंदै रामलक्ष्मण बनबास जाँदा दतियल गरेको विश्वासमा यस ठाउँको नामाकरण रामदतियल हुन गइ धार्मिक महत्व बढेको मानिन्छ । हिन्दु धर्मको आस्थाको धरोहर राष्टिय जनावर गाईको संरक्षणका लागी रामदतियल धाम आसपासमा नमुना गौशाला बनाइ व्यवस्थीत गाइ पालन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP