Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोनाका कारण कोरियाका नेपाली त्रसित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण दक्षिण कोरियामा पनि देखिएपछि त्यहाँ रहेका नेपालीहरू त्रसित भएका छन् ।

कोरोनाका कारण दक्षिण कोरियामा मात्रै हालसम्म ४ जनाभन्दा धेरैको मृत्यु भएको छ भने ५ सय भन्दा धेरै नागरिकमा सङ्क्रमण देखिएको छ । कोरियाका विभिन्न सहरमा कोरोना प्रभावित बिरामी बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरूमा त्रास बढेको हो ।

कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थीहरू छन् । कोरियाको सियोलस्थित नेपाली दूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित भएको छ । थेगुमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

थेगु नजिकैको सहर खेङ्जुमा रहनुभएका अमिर कार्कीले त्यहाँ कोरोना देखिएपछि नेपालीहरूले सरकारले जतिबेला पनि आफूहरूलाई उद्धार गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

थेगु आसपासका क्षेत्रका कम्पनीहरूले कामदारलाई बाहिर जान रोकेका छन् । त्यहाँका बजारहरू सुनसान बनेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट झण्डै २ हजार ५ सय मानिसको मृत्यु भएको छ भने ८० हजार मानिस संक्रमित छन् ।

अहिले कोरोना प्रभावित सहरमा कोरिया सरकारले नागरिकलाई भीडभाडमा ननिस्कन भनेर सूचना जारी गरिरहेको छ । सञ्चारमाध्यमार्फत सरकारले बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न, सरसफाइमा ध्यान दिन आह्वान गर्दै सूचना र विज्ञापनहरु बजाइरहेका छन् । त्यसैले सार्वजनिक स्थानहरू सुनसान बन्दै गएका छन् ।

नेपाली दूतावासले पनि कामदारलाई सुरक्षित रहन र स्वस्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ । कसैलाई स्वास्थ्यमा समस्या आए तुरुन्तै त्यहाँको हटलाइन १३३९मा फोन गर्न आह्वान गरिएको छ । तर पनि नेपालीहरू भने कोरोनाको सङ्क्रमण भए के गर्ने, कसो गर्ने भन्ने अन्योलमा छन् ।

नेपाली दूतावासले फेसबुकमा कोरोनाबारे सचेतना दिने समूह पनि बनाएर सन्देश प्रावाहित गर्न थालेको छ । कोरियामा हाल लगभग ४४ हजार नेपालीको बसोबास छ । त्यसमध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरू छन् भने विद्यार्थीसहित अन्य विभिन्न प्रक्रियाबाट त्यहाँ पुगेकाहरु पनि छन् ।

थेगु आसपासका क्षेत्रका कम्पनीहरूले कामदारलाई बाहिर जान रोकेका छन् । त्यहाँका बजारहरू सुनसान बनेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट झण्डै २ हजार ५ सय मानिसको मृत्यु भएको छ भने ८० हजार मानिस संक्रमित छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP