शत्रुघन खरबिन्द,कपिलवस्तु १५ फागुन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं। २ लिङ्गेट स्थित अस्थाई प्रहारी पोष्ट लिङ्गेटबाट खटिएको प्र।स।नि। खड्क बहादुर डाँगी सहितको प्रहरी टोलीले बुद्दवार राति नेपालबाट भारत तर्फ जादै गरेका ३ जना महिलाहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट तौलगर्दा ७ के।जी। \५०० ग्राम बराबरको चरेश फेला पारी पक्राउ गरिएको छ ।
पक्राउ पर्ने ३ जना महिलाहरुलाइ सम्मानित जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप भइ थप अनुसन्धान कार्य भैइरहेको प्रहारीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं। ९ विजौरी बस्ने योजना न्यौपान, ऐ।ऐ।बस्ने शुष्मा रोका मगर तथा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नं। ३ तुल्सिपुर घर भई हाल लमही नगरपालिका वडा नं। ८ शान्तिनगर बस्ने मिना कुमारी घर्ति मगर रहेकी छिन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया