Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि नेपाल आदर्श मावीलाई

माधव बेल्वासे
चन्द्रौटा,१८ फागुन

कपिलवस्तुको शिवराज नगरपालिकामा संचालन भएको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरले पाएको छ । रनिङ्ग शिल्ड तर्फ दोस्रो समयथान माध्यमिक विद्यालय खरेन्द्रपुर, तेस्रो प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाडाँ भएको खेल संयोजक नेत्रप्रसाद बेल्वासेले जानकारी दिनुभयो । नगरका ११ विद्यालयको सहभागिता रहेको रनिङ्ग शिल्डमा प्रथम हुने विद्यालय नेपाल आदर्श मा.वि.लाई नगद ११ हजार शिल्ड मेडल र प्रमाण पत्र , दोस्रो समयथान माविलाई नगद ७ हजार मेडल र प्रमाण पत्र, तेस्रो स्थान प्राप्त गर्ने प्रकाश मावि लाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

फागुन ११ गते वाट सुरु भएको खेलकुद महोत्सवमा मेयरकप र उपमेयर कप प्रतियोगिता समेत सम्पन्न भएको छ । मेयर कप तर्फ फुटबल खेलमा गोल्डेन स्टार युवा क्लब बानियाँभार विजेता भएको छ भने शिवशक्ति युवा क्लब उप विजेता भएको छ । मेयर कप तर्फ नै क्रिकेट र भलिबल प्रतियोगितामा राजिङ्ग स्टार युवा क्लब चन्द्रौटा , भलिवलको उपविजेतामा न्यू शिवपुर युवा क्लब बनेको छ ।

उप मेयर कप तर्फको फुटबल प्रतियोगितामा जयबुद्ध युवा क्लब विजेता र गोल्डेन स्टार युवा क्लब उप विजेता भएको छ । महिला फुटबल प्रतियोगितामा जयबुद्ध युवा क्लब नै विजयी भएको छ । मेयर र उपमेयर कपमा फुटबल तर्फ प्रथम हुने टिमलाई नगद २५ हजार रुपैयाँ ,क्रिकेट तर्फ १५ हजार रुपैयाँ नगद शिल्ड प्रमाण पत्र प्रदान गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो । कुल ९ लाख बजेट रहेको नगर खेल महोत्सवमा ८ सय जना खेलाडी सहभागि भएका थिए । ५० खेलमा प्रतिस्पर्धा भएको नगर खेल महोत्सव भव्य सभ्य र निकै सौहाद्रपूर्ण बाताबरणमा सम्पन्न भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नेत्र बेल्वासेले बताउनुभयो ।


खेल महोत्सवको समापनमा जनप्रतिनिधी र कर्मचारी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत सम्पन्न भएको छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधी विच भएको मैत्री पूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधीलाई ० का विरुद्ध ७ गोल गर्दै कर्मचारीको टिम विजयी भएको छ । खेलको पहिलो हाफमा नै ४ गोल खाएका जनप्रतिनिधीले खेलाडी घुसपैठ गरे पनि आफ्नो खातामा गोल जोड्न सकेनन् । ६५ बर्षिय नगर प्रमुख नेत्रराज अधिकारी खेल सुरु भएको पहिलो हाफमा कर्मचारीका विरुद्ध सारै खनिए पनि दोस्रो हाफमा भने थकित मुद्रामा मैदानबाट बाहिरीएका थिए । मेयर खेलबाट बाहिरीए संगै प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल पनि खेलबाट बाहिरीएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP