Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

पश्चिमी वायूको प्रभावले आज वर्षा र हिमपात

काठमाडौं : आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना छ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

उनकाअनुसार सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना छ। वर्षा र हिमपात सँगै भोलिदेखि तापक्रम घटेर चिसो बढ्न सक्ने सम्भावना रहेको छ। पर्सी शुक्रबारबाट क्रमश यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसम बिस्तारै सुधार हुँदै जानेछ। 

यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई-यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।  दिउँसो तापक्रम बढेर २१ डिग्री सेल्सीयसम्म पुग्ने महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP