Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

सामाजिक सुरक्षाभत्ताको ४६ लाख रकम बेरुजु खातामा फिर्ता

खोटाङ : साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्तावापत दुई चौमासिकमा रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ।

सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रण गर्न गाउँपालिकाले बैङ्किङ प्रणाली अपनाएर वितरण शुरु गरेपछि आर्थिक वर्ष २०७७/७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको हो। 

आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकमा एक हजार ४५९ जना लाभग्राहीका लागि रु एक करोड ३८ लाख ९८ हजार २८२ र तेस्रो चौमासिकमा एक हजार ४०८ लाभग्राहीका लागि रु करोड ३३ लाख ६४ हजार ९६८ निकासा दिएको थियो। सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौँ रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भए लगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/०८ को दोस्रो चौमासिकदेखि एसबीआई बैङ्कको शाखामार्फत वितरण शुरु गरेको हो।

बैङ्कको सम्पर्कमा नआएका र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्न नआएका २८० लाभग्राहीको नाममा पठाइएको रकम फिर्ता भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए।

“बैङ्किङ प्रणालीमा लैजानुअघि सामाजिक सुरक्षा भत्ता वितरणमा लाखौँ रकम अनियमितता हुँदै आएको थियो”, उनले भने। 

“मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाम हटाइएपछि सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम अनियमितता हुनबाट जोगिएको छ।”

साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष रु ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता चुहावट भएको प्रतिवेदन सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। सामाजिक सुरक्षाभत्ता वितरणमा कर्मचारीको लापरवाहीले अनियमितता भएको पाएपछि गाउँपालिकाले आवश्यक कारबाहीका लागि विसं २०७७ पुस–१२ गते अख्तियारलाई फायल पठाएको थियो।

गाउँपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागअन्तर्गत रहेको सेवा एकाईको सक्रियतामा गलत लाभग्राहीको नाममा भुक्तानी हुँदैआएको रकम जोगिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए।
“सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो”, उनले भने, “छानविन समितिले आर्थिक वर्ष २०७६/७७ मात्रै रु ८७ लाख ४१ हजार ६०० रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।”

यसअघि उक्त गाउँपालिकाको वडा नं ५ मात्तिम ठेगाना उल्लेख भएको तीनजना फूलसरी राईको नाममा वर्षैँदेखि नियमित सामाजिक सुरक्षा भत्ता निकासा गरिएको पाइएको थियो। एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौँदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनैजना सो वडामा छैनन्। जिल्लाकै सबैभन्दा सानो पाँचवटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा अहिले जम्मा एक हजार २०५ जना लाभग्राही कायम रहेको छ।

चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक करोड ११ लाख भुक्तानी भएको गाउँपालिकाले जनाएको छ। दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण कार्य थालेका छन्। तर, अन्य स्थानीय तहले भने सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको चुहावटबारे बाहिर ल्याएका छैनन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP