Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

इलाममा तीन छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु, १२ घाइते

इलाम : इलाममा मंगलबार भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। दुई ट्याक्टर र एक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार मेची राजमार्गको हर्कटे फिक्कल सडक खण्डको कन्याममा मे १ ज ३३०७ नम्वरको भ्यान अनियन्त्रित भई सडकबाट १०० मिटर तल झर्दा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको उक्त भ्यान कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा दुर्घटना हुँदा माइजोगमाई–३ का भरत घिमिरे र वडा नम्बर ४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले जानकारी दिए।

उनीहरूको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो। दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा घाइते नौ जनाको सोही अस्पतालमा उपचार भइरहेको गिरीले जानकारी दिए। दुर्घटनामा चालकलाई सामान्य चोट लागेको छ। घाइते केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले बताए।

यस्तै माइजोगमाई गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको। गाउँपालिकाको–४ गैरीगाउँमा मे १ त ११७३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ५४ वर्षीय पूर्ण घलेको घटनास्थलमा नै मृत्यु भएको हो।

पराल बोकेर हिँडेको ट्यारक्टरबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। शव पोष्टमार्टमका लागि इलाम अस्पताल ल्याइएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ। त्यसैगरी सूर्योदय नगरपालिका–६ तारगाउँमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

हर्कटेबाट रम्भ्याङतर्फ जाँदै गरेको मे १ त ७९८९ नम्बर ट्याक्टर भीरबाट खस्दा ट्याक्टरमा सवार होमबहादुर भुजेल, भिमबहादुर खड्का र ठाकुर भुजेल घाइते भएका छन्।

करिब चार घण्टाको स्थानीय र प्रहरीको प्रयास पछि ट्याक्टरमा चेपिएका उनीहरूको उद्धार गरि उपचारका लागि पठाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए। होमबहादुर सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य २ जनाको बिएन्डसी अस्पताल झापामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP