Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

झण्डै ८ हजार नमूना परीक्षण गर्दा १ सय ८९ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार नौ सय ९७ जनाको नमूना परीक्षण गर्दा एक सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५० जना निको भएका छन् । थप दुई जनाले कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । अहिले नेपालमा पाँच हजार चार सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्षित समूहको ६० प्रतिशत मानिसले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । सरकारले १८ वर्ष माथिको जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा अहिलेसम्म ६० दशमलव एक प्रतिशत अर्थात एक करोड १९ लाख ७४ हजार पाँच सय ८८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै लक्षित समूहको ४८ दशमलव एक प्रतिशत अर्थात ९५ लाख ८२ हजार चार सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले लक्षित समूहको ५० प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज लगाउन शुरु गर्ने जनाएको छ । नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० मात्रा खोप प्राप्त भएकोमा दुई करोड १५ लाख ५७ हजार ८३ मात्रा खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । सरकारले भोलिदेखि १२ वर्ष माथिका बालबालिकाहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउँदैछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP