Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

ललितपुरको पाटनमा ढल खन्दा अंशुवर्माको पालाको शिलालेख भेटियो

ललितपुर – ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ । गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो ।

१५ पङ्क्तिको अभिलेख अहिले पुरातत्त्व विभागको संरक्षणमा रहेको छ । लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको शिलालेखको माथिल्लो भागमा दायाँ–बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।

शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्लेख गरिएको र यो अहिलेसम्म पाइएको रोचक तथ्य भएको पनि लिपिविज्ञ राजवंशीले बताउनुभयो । अभिलेखमा योग्रङ्ग्राम र अन्तिम पङ्क्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांश प्रष्टसँग लेखिएको छ ।

अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ । ३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो । यी दुई शिलालेखलाई दाँजेर त्यस बेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राजवंशीले बताउनुभयो । 

फोटो : बुङ बुङमती फेसबुक पेजबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP