Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

ललितपुर महानगरमा राहतका लागि कोरोनाबाट प्रभावित ४८९ जनाको विवरण सङ्कलन

काठमाण्डाै – ललितपुर महानगरपालिकामा कोरोनाबाट प्रभावित चार सय ८९ जनाको विवरण सङ्कलन भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका दुई सय ५६, सङ्क्रमित भइ आईसीयूमा उपचार गराएका ५९ जना र सामान्य उपचार गराएका एक सय ७४ जनाको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका २९ वटै वडाबाट प्राप्त भएका आवेदनका आधारमा यी परिवारलाई रकम उपलब्ध गराउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख २० हजार, आईसीयूमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैँया राहत रकम उपलब्ध गराइने भएकाे छ। सहयोग रकमको चेक बुझ्न महानगरपालिकामा सम्पर्क गर्न महानगरको सबैलाई आग्रह छ ।

महानगरपालिकामा आवेदन आउने क्रम रहेकाले सङ्ख्या अझै बढ्न सक्ने अधिकृत अर्यालले बताउनु भयो । यसअघि महानगरपालिकाको १०३ औँ स्थापना दिवसका दिन प्रतिवडा एक/एक जना गरेर २९ जनालाई रकम वितरण गरिसकिएको अधिकृत अर्यालले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP