Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

ज्येष्ठ नागरिक दिवसः सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानुनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन् रेग्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताएकी छन्।

उनले सन्देशमा सुविधायुक्त ज्येष्ठ नागरिक अस्पतालको निर्माण कार्य प्रारम्भ गरिएको र ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहार नियन्त्रणका लागि आवश्यक कानूनी सुधारका साथै सामाजिक एवं सामुदायिक चेतनामूलक अभियान सञ्चालन गर्दै दुर्व्यवहारमुक्त समाज निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको बताएकी छन्।

‘ज्येष्ठ नागरिकको सम्मानबिना समाज सभ्य र सुसंस्कृत हुन सक्दैन, ज्येष्ठ नागरिकलाई उचित भरणपोषण गर्नु, सम्मान दिनु हामी सबैको कर्तव्य हो, व्यवहारमा हाम्रा आचरण र कर्मले ज्येष्ठ नागरिकलाई सम्मान दिनसकेमा यस दिवसको नाराले सार्थकता पाउँछ‚’ सन्देशमा मन्त्री रेग्मीले भनेकी छन्, ‘ज्येष्ठ नागरिकका अधिकार संरक्षण र सामाजिक सुरक्षाका संवैधानिक प्रावधानको कार्यान्वयनमा मन्त्रालयको तर्पmबाट प्रतिबद्धता प्रकट गर्न चाहान्छु।’

मन्त्री रेग्मीले संघ, प्रदेश र स्थानीय तहका सरकारको साझा कार्य जिम्मेवारीमा रहेको ज्येष्ठ नागरिक अधिकार संरक्षण एवं सामाजिक सुरक्षाका लागि समन्वयात्मक र एकीकृत नीति तथा कार्यक्रम तर्जुमा गर्न मन्त्रालयले पहलकदमी लिने बताएकी छन्। उनले सन्देशमा भनेकी छन्, ‘हरेक स्थानीय तहमा स्थापना गरिने ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिकको ज्ञान, सीप अनुभवको पुस्तान्तरणका लागि अन्तरपुस्ता अन्तक्र्रिया गर्ने र मनोरञ्जनात्मक स्थलको रुपमा समेत विकास गर्ने मन्त्रालयको लक्ष्य रहेको छ।’

मन्त्री रेग्मीले मातृदेवो भवः पितृदेवो भवः भनी आफ्नो परिवारको ज्येष्ठ नागरिकको मर्यादित, सम्मानित र सुखी जीवनतर्फ प्रेरित गर्ने नेपालको पूर्वीय दर्शन एवं सांस्कृतिक परम्परा अक्षुण राख्दै सुसंस्कृत सभ्यताको परिचय दिन तीनै तहका सरकार, घर परिवार, समाज एवं सबै नागरिकलाई आग्रह गरेकी छन्।

ज्येष्ठ नागरिकको जीवनयापनमा भरथेग र सम्मानप्रति राज्यको कर्तव्यलाई बोध गरी सरकारीस्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न आरम्भ भएको दिनलाई स्मरण गर्दै ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउने तयारी गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP