Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

देशभरको माैसम बद्ली : पश्चिमी क्षेत्रमा पानी पर्न सुरु, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना

काठमाण्डाै – पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ।

धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि अनुमान छ । आज र भोलि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पौडेलले बताउनुभयो । पर्सि बिहीवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

उनीहरुकाअनुससार पर्सि बिहानदेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जानेछ । सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

बादल लागेसँगै देशभर चिसो बढेको छ । यो वर्षापछि चिसो झन् बढ्ने छ । मौसमविद्ले हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP