Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा भेडेटार फुड फेस्टिवल

धनकुटा : प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने ‘नवौं भेडेटार फुड फेस्टिवल’ हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।

अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन। नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेस्टिवल आयोजना गरिन लागेको उनले बताए।

२०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन। धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेस्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएसन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए।

तीन दिनसम्म हुने फेस्टिवलमा विभिन्न जाति परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जनाएको छ। फेस्टिवलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ।

त्यस्तै‚ डाँडाबजारमा रहेको ठूलो रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ।

तिन दिनसम्म हुने फेस्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा, जातीय परिकार गरि १५ विविध प्रकारका स्टलहरु हुनेछन्। फेस्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार-पाथीभरा २७ हजार र धरान-पाथीभरा ३२ हजार रूपैयाँमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छुटमा गराइने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए। यस्तै‚ भेडेटार धरान जीपलाइनमा पनि १५ प्रतिशत छुट गरिने आयोजकले जनाएको छ। भेडेटार धरान जीपलाइन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP