Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चार दिन पैदल हिँडेर सन्धिखर्क आइपुगेका मजदूरको उद्धार

अर्घाखाँची – चार दिन पैदल हिँडेर सन्धिखर्क आइपुगेका तीन जना मजदूरको सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्काले उद्धार गर्नुभएकाे छ ।

देश नै लकडाउन भएर काम नपाएपछि म्याग्दीबाट पैदल हिँडेर आफ्नो घर दाङ्ग जान हिँडेका तीन जना मजदूर चार दिनको पैदलयात्रा पछि बिहीबार राति सन्धिखर्क आइपुगेका थिए । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ बिजौरी घर भएका ती युवाहरु डेढ महिनाअघि कामको सिलसिलामा म्याग्दीको बेनी पुगेका थिए ।

‘बाटोबाटोमा प्रहरीले सोध्छ, कहाँ जान हिँडेको भन्छ, हामी आफ्नो समस्या राख्छौँ, उनीहरुले हिँड्न दिन्छन् त्यसैगरी हिँडेका छौँ’, उनीहरुले बताए । बेनीबाट रत्नेचौर, भीमपोखरा, घोडा बाध्नी, नयाँठाटी,  खरबाङ्ग, टक्सार, तम्घास हुँदै सन्धिखर्क आइपुगकाे तीन जनालाई सन्धिखर्क १२ वडाका अध्यक्ष तथा तरुण दलका अध्यक्ष नारायण खड्काले आफ्नो घरमा बसालेर खानपिनको व्यवस्था गर्नुभयाे । 

शुक्रबार बिहानको नास्ता समेत खुवाएर बाटो खर्च दुई/दुई हजार रुपैयाँ दिएर अध्यक्ष खड्काले उनीहरुलाई बिदा गर्नुभएकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP