काठमाडौं । बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ। अझ अचम्मलाग्दो त के छ भने लकडाउनकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ।
त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल नौ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ। इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्याङ्कअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४.२२ एमबीपीएस छ।
त्यस्तै अपलोड स्पिड भने ८.४८ एमबीपीएस छ । इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ।
ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०.४७ एमबीपीएस छ भने अपलोड स्पिड १०.७३ एमबीपीएस छ। मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउनुहुन्छ।
उहाँका अनुसार बन्दाबन्दीपछि फ्रिक्वेन्सीको प्रयोग बढाएको, कोर नेटवर्कको स्तरोन्नति र सेवा विस्तारले मोबाइल इन्टरनेटको गुणस्तर सुध्रिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले एक करोड ६३ लाखले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया