ओमप्रकाश गुप्ता, सिसहनियाँ
जन्म दिन मनाउने तरिका सवैको अा-अाफ्नै हुन्छ । कसैले केक काटेर त कसैले भोजभतेर गरेर लाखाै रूपैयाँ खर्च गरिरहेका हुन् । तर दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी अाशाका किरणहरू नामक संस्थाका उपाध्यक्ष तथा युवा अभियान्ता अशोक बेल्वासेले अाफ्नो २७ अाैँ जन्म दिन फरक तरिकाले मनाएका छन् ।
उनले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा अाश्रमलाई खाद्य सामाग्री दिएर अाफ्नो जन्म दिन मनाएका छन् । विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै उनले २५ केजी चामल,१ पोका नुन र १ पोका खाने तेल लगायतका खाद्य सामाग्री दिएर जन्म दिन मनाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया