नेपालगञ्ज । बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ ।
यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको २० दिनको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो।
उहाँका अनुसार सो अवधिमा २९ करोड पाँच लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, चार करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपियाँको दुई लाख १४ हजार ६९७ किलो दाल नेपालगञ्ज नाका भएर भित्रिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया