ओमप्रकाश गुप्ता
भालुवाङ
राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थाले राप्ती गाउँपालिकालाई ८५ हजार ७ सय ५० रूपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरेको छ । अस्ट्रेलियन एड, कारितास अस्ट्रेलिया तथा कारितास नेपालको आर्थिक सहयोगमा गाउँपालिकाको खाद्य बैंकमा १ हजार ५० केजी चामल,
१ सय ४० केजी दाल, ७० केजी नुन, ७० लिटर खाने तेल
७० पिस डिटोल सावुन जम्मा गरेको छ ।
सो खाद्य सामाग्री संस्थाका अध्यक्ष रत्ना श्रेष्ठ,कार्यक्रम संयोजक अनु चाैधरी र सहजकर्ता दलबहादुर घर्ती मगरले संयुक्तरूपमा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गर्दै बैंकमा जम्मा गरिएको छ । यसै बिच गाउँपालिकाको कोषमा सहयोग गर्न चाहानेले गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया