Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अलपत्र मजदुरको उद्वार कार्य जारी, चेम्बरले एकै दिनमा १ सय जना भन्दा बढीलाई गन्तव्यमा पठायो

ओमप्रकाश गुप्ता सिसहनियाँ

विभिन्न जिल्लाबाट दाङको देउखुरीमा अाएका मजदुरलाई खाना खुवाउने र उद्वार गर्ने कार्य जारी रहेको छ । यसै बिच शुक्रबार राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले विभिन्न जिल्लाबाट दाङ देउखुरीको सिसहनियाँमा अाइपुगेका मजदुरलाई उद्वार गरि गन्तव्यमा पठाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका समाजसेवी तुलसीप्रसाद गाैतमले खानाको व्यवस्था गरि चेम्बरले काठमाडौं,नुवाकोट,धादिङ लगायतका ठाउँबाट अाएका मजदुरलाई विभिन्न गाडीबाट बाँके,बर्दिया,कैलाली,टिकापुर र तुलसीपुर पठाएको छ । हप्ता दिन लगाएर पैदल हिडेर ती मजदुरहरू दाङ देउखुरीको सिसहनियाँमा अाइपुगेका थिए ।

विचल्लीमा परेका मजदुरलाई चेम्बरले प्रहरी चाैकी सिसहनियाँको पहलमा चेम्बरकै सिफारिसमा विभिन्न सवारीसाधनमा चढाएर गन्तव्यमा पठाइएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । त्यस अघि सिसहनियाँका व्यापारी तथा समाजसेवी गोविन्द कुंवर,श्यामा रावत,माण्डवी रेष्टुरेन्ट एण्ड लजका लालबहादुर केसी र चेम्बरका अध्यक्ष कुमार अधिकारी,प्रथम उपाध्यक्ष मनु बेल्वासे,दोस्रो उपाध्यक्ष चित्रबहादुर केसी,महासचिव चुमबहादुर बुढा,सचिव गोपाल खत्री लगायतले मजदुरहरूलाई खाना पकाएर खुवाएका थिए ।

लडकडाउन भए यता दिनहु जसो मजदुरहरू काठमाडौं,बुटवल,गुल्मी,स्याङ्जा लगायतका जिल्लाबाट भोकभोकै अाउने गरेका छन् । सरकारले जो जहाँ छ त्यही सुरक्षित बस्न भने पनि काममा लगाउने ठेकेदार र स्थानीय सरकारले गाँसबाँसको व्यवस्था नगरेका कारण मजदुरहरू भोकभोकै घर फिर्किरहेको मजदुरहरूले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP