Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भारतिय मिडियाकाे दाबी: कपिलवस्तुमा लुकेर बसेका छन जमातीहरू

कपिलवस्तु ६ बैशाख 

भारतीय पत्रिका राष्ट्रिय साहाराले नेपाल भारतको सिमाक्षेत्रको कपिलवस्तु भित्र जमाती लुकेर वसेको दावी गरेको छ । दिल्ली मकरजवाट आएका तबलिगी  जमाती चन्द्रौटा क्षेत्रमा लुकेर वसेको दावी गरेको छ । यो मुस्लिम धर्म प्रचारक सस्था हो । यसले भारतको निजामुद्धिनमा आयोजना गरेको सम्मेलनवाटै भारतमा कोभिड १९ फैलिएको भारतीय मिडियाको दाविछ । 

यता जावाभारी क्षेत्रमा पाकिस्तानबाट आएका मानिसहरु समेत लुकेर वसेको साहाराले समाचार छापेको  छ । राष्ट्रिय साहाराकालागी वढनीवाट रिपोर्टिङ काम गर्ने पत्रकार अजय प्रताप गुप्ताले यो समाचार तयार पारेका हुन । वढनी कृष्णनगसंग जोडिएको क्षेत्र हो । गुप्तासंग सम्पर्क गर्दा नेपाल प्रहरीले मदरसामा छापा हानेपछि उनीहरुले स्थान परिवर्तन गरेको वताउनु भयो । लकडाउन सुरु भएपछि चोर वाटो लुकेर आएका थिए ।

निजामुद्धिनवाट नेपाल प्रवेश गरेका २६ जना  कृष्णनगर स्थित लक्ष्मि नगरवाट भित्र प्रबेश गरेको भारतीय मिडियाको दाविछ । यता उनीहरु चन्द्रौटाको सिद्रा वजारमा रहेको एक घर र शिवराज ६ को एक ईटा भट्टामा लुकेर उनीहरु वसेको श्रोतको दाविछ । सोही दावि अनुसार वडा प्रहरी कार्यलय चन्द्रौटाले २ दिन अघि छापा हानेको थियो । छापा हान्नु पूर्व धार्मिक रुपमा आरोप लाग्न सक्ने भन्दै स्थानीय ३ मुस्लिम अगुवालाई साथमा लिएको थियो । सोही क्रममा सूचना लिक भएपछि उनीहरुले वसाई सरेको वताइएको छ । 

 प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । हाल सम्म केही फेला परेको छैन । एक जना पाकिस्तानी नागरीक फेला परेका छन । उनी माघमा कानुनी तरीकाले नेपाल प्रवेश गरेको प्रमाण फेला परेको छ । भारतीय मिडीयाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तिब्रता दिन्छौं उहाले भन्नु भयो । 

यता प्रदेश मदसरा वोर्डका उपाध्यक्ष मौलाना मक्सुद नेपालीले मदरसा वन्द भएपछि धेरै भारतिय मौलानाहरु भारत गई सकेका छन । करिव ५० को आसपासमा जान पाउनु भएको छैन । उहाहरु होम क्वारेन्टाईनमा वस्नु भएको छ । समाचार आएपछि मदरसामा अनुगमन गर्ने  नेपालीले वताउनु भयो ।भारतको निजामुद्धिनमा हेडक्वाटर  रहेको तवलिदी जमातीका कार्यकर्ता  रातभरमा  सकृय हुन्छन् । दिउसोमा उनीहरु आराम गर्छन । भारतीय संचार माध्यमका अनुसार उनीहरु नेपालमा वर्षमा ३ पटक विभिन्न क्षेत्रमा प्रबेश गरेर धर्मको सुदृढीकरणकालागि काम गर्दै आएका छन् । यता निजामुद्धिनमा सहभागि भएर फेला परेका प्रायसबैमा कोरोना संक्रमण देखिएकाले ती जमातीहरु यतिबेला खोजीको सूचीमा परेका हुन् ।

 विवरणमा जनाइए अनुसार भारतको दिल्लीस्थित निजामुद्धिनको मर्केज अहिले चर्चामा छ । त्यहाँ मार्च महिनाको मध्यतिर एउटा धार्मिक भेला भएको थियो । तब्लिगी जमत भेलामा सहभागी भएकाहरुमै कोरोना भाइरसको संक्रमण देखिनथालेको छ । भारतभित्र र बाहिरका मुसलमान समुदायको भेलामा चार हजार सहभागी थिए । भेलामा सहभागी भएकामध्ये दिल्लीमा मात्र १८ जना र तालिमनाडुमा ५० जना संक्रमित भेटिए । उनीहरु सबै भेलामा सहभागी थिए । तामिलनाडुमा ५ जनाको मृत्यु भइसकेको छ । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले ट्वीट गरी निजामुद्धिन मर्कज क्षेत्रमा २ हजार ३ सय ६१ मानिसलाई निकालिएको छ । जसमध्ये ६१७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

        निजामुद्धिन मर्कज मस्जिद तब्लिगी नेटवर्कको केन्द्र हो । त्यहाँ विश्वभरका मुसलमान समुदायको भ्रमण भइरहन्छ । यसपटक भएको भेलामा पनि विदेशीहरु पुगेको रेकर्ड छ । भारत सरकारले निजामुद्धिनको तबलिगीका सेवकहरुलाई ट्रयाक गरेको खुलेको छ । नेपाललगायत, इन्डोनेशिया, मलेशिया, थाइल्यान्ड, म्यानमार, बँगलादेश, श्रीलंका र किर्गिजस्तानका मुसलमान समुदाय तवलिगी जमातको सेवाका लागि पुग्ने गर्छन् । उनीहरुले हजरत मुजाहिद्धिनीको बंग्लेवाली मस्जिदमा जानकारी गराउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP