Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कार्यविधी अनुसार राहत वितरण वडाध्यक्ष:जमिल अहमद खां

कृष्णनगर,

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ५ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ। देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग समन्व्य गरि राहत सामग्री वितरण गर्न को लागि कार्यविधि समेत तैयार गरेको थियो।

आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ५ मा कार्यविधि अनुसार नाम संकलन गरि अतिविपन्न असहाय दैनिक ज्याला मजदूरी गर्नेको नाम संकलन गरि राहत वितरण कार्य अगाडी बढेको देखिन्छ। आइतबार का दिन वडा नं ५ डबरा गाउमा करिब २६६ घर परिवार लाई राहत वितरण गरेको कुरा वडाध्यक्ष जमिल अहमद खां ले जानकारी दिए। वडास्तरिए राजनैतिक दलका प्रतिनिधि हरु लाई समावेश गरि नाम संकलन गरिएको र राजनैतिक प्रतिनिधि हरु संग छलफल गरि वहाहरुको रोहबरमा राहत वितरण कार्य शुरु गरेको वडा सदस्य रिंजर तिवारी ले बताएका थिए। वडा नं. ५ मा राहत वितरण कार्य नेपाल सरकार ले दिएको कार्यविधीको पूर्ण पालना गरि निश्पक्ष तरिकाले भएको छ आज को राहत वितरण भएका ले गरिब असहाय परिवार खुशी भएका छन प्रथम चरणमा २६६ घर परिवार मा वितरण भएको छ र अन्य छुटेका लाई पनि यथासिघ्र राहत उपलब्ध गराउन को लागि नेपाली कांग्रेस का जिल्ला कार्यसमिति सदस्य भरत किशोर चौधरी ले कृष्णनगर नगरपालिका संग अग्रह समेत गरेका थिए।

राहत वितरण गर्दा वडा सदस्य रेन्जर तिवारी, प्रभावती पासी, बढदुल रैदास, समाजवादी पार्टी का प्रतिनिध जगदम्बा प्रसाद चौधरी, बहुजन शक्ति का प्रतिनिध कैलाश रैदास, समाजसेवी लालता प्रसाद यादव, प्रदीप चौधरी, कमिश्वर प्रसाद पाण्डेय, मोहम्मद तस्लीम खां, रामापति उपाध्यक्ष लगायत वडासचिव, पत्रकारहरुको उपस्थिती रह्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP