Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अमेरिकाले फेरि दियो चीनलाई चेतावनी

अमेरिकाले चीनलाई फेरि चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्नुपर्ने भन्दै चेतावनी दिएका हुन् ।

नियमित पत्रकार सम्मेलनमा शनिबार ट्रम्पले भने, ‘यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ’ ।

कोरोना भाइरसको महामारी ‘भूलवश’ नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो’ भन्ने अहिलेको मूल प्रश्न रहेको उनको भनाइ छ ।

अमेरिकी टेलिभिजन फक्स न्यूजले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्नसक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको सन्दर्भलाई लिएर ट्रम्पले यस्तो बताएका हुन् ।

आफूहरु कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको हो/होइन भन्ने विषयको खोजी लागेको पनि ट्रम्पले बताए ।

बेलायतले चीनले कोरोना भाइरससम्बन्धी ‘कडा प्रश्नहरूको सामना गर्नुपर्ने’ बताएलगत्तै ट्रम्पले पनि उस्तै आशयको धारणा सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै ट्रम्प र उनको प्रशासनले चीनको आलोचना गर्दै आएका छन् । डब्लूएचओसमेत चीनको पक्षपाती भएको भन्दै ट्रम्पले अमेरिकाले दिँदै आएको सहयोग नै रोकिदिएका छन् ।

कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका ट्रम्पले बीचमा फेरि भाइरसविरुद्धको चिनियाँ प्रयासको प्रशंसासमेत गरेका थिए । उनले चीनबाटै कोरोनाविरुद्धको स्वास्थ्य सामग्रीसमेत लगिरहेका छन् । अहिले फेरि उनी चीनविरुद्ध आक्रामक देखिएका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु भएकाको संख्यालाई लिएरै पनि ट्रम्पले चिनियाँ गतिबिधि पारदर्शी नभएको भन्दै बारम्बार प्रश्न उठाइरहेका छन् । एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP