काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले रोकएका परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको बताउनु भएको छ ।
राष्ट्रिय परिक्षा बोर्डले रोकिएका एसईई , कक्षा ११ र १२ कोे परिक्षा बन्दाबन्दी खुलेको ३ हप्ता पछि शुरु गर्ने गरि तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा कुरा गर्दै मन्त्री पोख्रेलले संकट हेरेर परिक्षावारे निर्णय गर्ने जानकारी दिनुभयो । तर वाध्यात्मक र जवरजस्ती ढंगले परिक्षा शुरु नगर्ने उहाँको भनाई छ ।
मन्त्री पोख्रेलले नेपालमा संकटको अवश्था हेरेर जेठ सम्म परिक्षा दिलाउन सके र दशैं अगाडि पठनपाठन शुरु हुन पायो भने शैक्षिक शत्र नभत्किने जानकारी पनि दिनुभयो ।
अहिले विश्वविद्यालय र सिटीइभिटीका परिक्षा पनि रोकिएका छन् । कतिपय ठाँउमा कक्षा ८ को परिक्षा पनि नभएकाले स्थानिय सरकारलाई परिक्षावारे निर्णय गर्न अनुरोध गरेको मन्त्री पोख्रेलले जानकारी दिनुभएको छ । अहिले देशभरका २ सय ४३ वटा शैक्षिक संस्थामा क्वारेन्टाईन रहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया