Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अर्घाखाँचीमा बाहिरी जिल्लाको तरकारी, मासु र अण्डा आयातमा प्रतिबन्ध

अर्घाखाँची – अर्घाखाँची जिल्लामा बाहिरी जिल्लाका तरकारी, फलफुल, मासु र अण्डाको आयातमा  प्रतिबन्ध लगाइएको छ । 

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिमबाट बच्न र बचाउन भन्दै अन्तर जिल्लाबाट हुने तरकारी, दूधजन्य पदार्थ, मासुजन्य पदार्थको खरिद तथा बिक्रीमा रोक लगाएको हो ।  

व्यापारीहरुले तराईका जिल्लाको नाम दिँदै भारतबाट तरकारी, फलफुल, मासु र अण्डा जिल्ला भित्र्याएर बेच्ने गरेका कारण कोरोना भित्रने भन्दै सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले खरिद बिक्रीमा  प्रतिबन्ध लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताउनुभयो  । 
अर्घाखाँची जिल्लाका सांसदहरूले कोरोना भाइरस नियन्त्रण र जिल्लाको अवस्थाबारे बारे जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग बैठक गरेर निर्णय गरेको हो ।

छलफलमा अर्घाखाँचीमा कोरोना भाइरस नियन्त्रणको निम्ति गरिएका प्रयासहरु,स्वास्थ्य सामग्रीको अवस्था,दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति , विकास निर्माणलगायतका विषयमा छलफल भएको प्रदेश सांसद चेतनारायण आचार्यले बताउनुभयो ।

छिमेकी देश भारत र नेपालको सीमा नाकाहरुमा रहेका जिल्लावासीहरुको स्वास्थ्य उपचार  र गाँसबासको उचित प्रबन्ध गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP