ओमप्रकाश गुप्ता सिसहनियाँ
दाङको देउखुरीमा ग्राहकको कुटाईबाट मंगलबार विहान ९ बजे एक व्यापारी घाइते भएका छन् । दाङको राप्ती गाउँपालिका ८ पिपरी निवासी ४६ वर्षिय कालिचरण चाैधरीको कुटाईबाट पिपरीमा किराना पसल सञ्चालन गर्दै अाएका ६० वर्षिय नन्दराम गुप्ता घाइते भएका छन् ।
सामान किन्ने क्रममा भएको सामान्य भनाभनमा चाैधरीले गुप्तालाई कुटेका थिए । घाइते गुप्ताको नाक र मुखमा गहिरो चोट लागेको छ । घाइते गुप्तालाई विष्ट पोलिक्लनिक सिसहनियाँमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही पठाइएको प्रहरी चाैकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।
कुट्ने चाैधरीलाई प्रहरी चाैकी सिसहनियाँको हिरासत कक्षमा राखिएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायव निरिक्षक मल्लले जानकारी दिएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया