Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

एनएमबि बैंक लि. जितपुर शाखा द्वारा बाणगंगा नगरपालिका स्थापना गरिएको राहत कोषमा ६३ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग

एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारी र बाणगंगा नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालको उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

देश कोरोना भाइरस (Covid-19) बाट आक्रान्त बन्दै गइरहेको र लामो समय देखिको लकडाउनको अवस्थामा दैनिक रूपमा मजदुरी गरेर आफ्नो छाक टार्नेहरूको दैनिकी सहज बनाउन यस प्रकारको सहयोग महत्त्वपूर्ण हुने नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालले वैखरी अनलाइन लाई बताउनु भयो ।

एनएमबि बैंकले यस अघि प्रधानमन्त्री राहत कोषमा एक करोड एकाउन्न लाख रूपैयाँ नगद र सात वटै प्रदेशमा सय /सय थान ‘पिपिइ’ हस्तान्तरण गरिसकेको छ भने विभिन्न प्रदेशमा रहेका शाखाहरूले समेत शाखा रहेको नगर र पालिकाहरूमा सहयोग गर्दै आइरहेका छन् ।

बैंकले कपिलवस्तु जिल्ला भित्र बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको राहत कोषमा यस अघि नै खाद्य सामाग्री हस्तान्तरण गरिसकेको एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP