Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चन्द्रौटा नगर उद्यानमा खुसार्नी र सूर्यमुखीको खेती

माधव बेल्वासे
चन्द्रौटा,१४ वैशाख

प्रवेशद्धारमा फलामको गेट भाचिएको छ । भित्र आंशिक मात्रामा फूलका विरुवाहरु छन् । उद्यानलाई चार खण्ड बनाइएको छ । पहिलो खण्डमा सूर्यमुखीको खेती गरीएको छ । दायाँ पट्टी रहेको खण्डमा खुसार्नी फलेका छन् । अन्य खण्डमा बोडि,भेन्टा फलेका छन् । उद्यान दिन भर सुनसान हुन्छ । उद्यानको विच भागमा बस्नको लागि पक्कि बेच्न बनाएको भएपनि अहिले झाडिले घेरेको छ । बेन्च बस्न लाएक छैनन् । उद्यान भित्र ठुला ठुला ९ वटा रुख पनि छन् । उद्यानको अन्तीम तर्फ एउटा पोखरी छ, त्यसलाई झाडिले घेरेको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने शिवराज नगरपालिका वडा न ५ चन्द्रौटामा करिब डेढ हेक्टर वनमा २ वर्ष अघि उक्त उद्यान बनाइएको हो । वन मन्त्रालयले ‘एक नगर एक उद्यान’को अवधारण ल्याएअनुसार निर्माण गरिएको उद्यान अहिले अलपत्र परेको छ । राजमार्ग देखि उद्यान पुग्नको लागि नगरपालिकाले गत वर्ष ५ लाख बजेट विनियोजन गरेर वाटो ग्रेभल गरेको हो । अहिले उद्यान व्यावस्थित नहुँदा उजाड बन्दै गएको छ ।

नगरउद्यानमा खुसार्नी उत्पादन भएको / तस्विर : माधव


गत वर्ष डिभिजन बनले उद्यान क्षेत्रमा वृश्रारोपण गरेको थियो । प्रदेश वन मन्त्री लिला गिरी देखी सांसदको टोलीले गरेको वृश्रारोपण क्षेत्रमा अहिले सुर्यमुखी फुलेको छ । वन कार्यायलले स्थानिय तहको जिम्मा दिएको भएपनि पछिल्लो समयमा अतिक्रमण गरेर तरकारी उत्पादन गरेको पाईन्छ । पर्यटकिय स्थलको रुपमा निर्माण गर्न जिम्मा दिएको भएपनि त्यसो नहुँदा उक्त क्षेत्र उजाड बनेको स्थानियहरुको भनाई छ । वन कार्यालयले नगरपालिकालाई जिम्मा दिएका कारण यसको संरक्षण नगरपालिकाले गर्नुपर्ने स्थानिय सरोज पौडेलको भनाई छ । ‘राजमार्ग सँग सटेको छ,युवायुवतीहरु घुम्ने,दिनभर व्यापार गरेका व्यापारीहरु साझ विहाँन घुम्न जाने स्थान बनाउन सकेमा पर्यटनको विकास हुन्छ, पौडेलले भन्नुभयो ‘नगउद्यान नगरको सान बन्न सक्छ, ।’
डिभिजन बन कार्यालयले तत्कालिन समयमा १० लाख खर्च गरेर नगरउद्यान निर्माण गरेको डिभिजन वन कार्यालय गौतम बुद्धका प्रमुख दुर्गा कार्कीले बताउनुभयो । ‘अहिले पनि पर्यटन विकासको लागि बजेट आउने गरेको छ,नगरपालिकाले सहयोग मागे हामि सहयोग गर्न तयार छौ’ कार्कीले भन्नुभयो ‘उद्यान अलपत्र परेको छ,संरक्षण गर्न जरुरी छ, ।’
नगरपालिकाले प्रत्येक वर्ष उद्यान संरक्षणको लागि बजेट विनियोजन गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । ‘उद्यान सम्म पुग्न सडक थिएन गर्त वर्ष सडक बनायौ, यस वर्ष अन्य केहि काम गर्ने योजना छ, अधिकारीले भन्नुभयो ‘उद्यान संरक्षणमा स्थानियहरुको पनि भुमीका उत्तीकै रहन्छ,।’ केहि महिना यता उद्यानमा आफु नगएकोले तरकारी उत्पादन भएको विषयमा आफु जानकारी नभएको अधिकारीले बताउनुभयो ।
शिवराज नगरपालिकाले नगर उद्यान संरक्षण गर्न एक जना हेरालु राखेको छ । हेरालुले उद्यानमा तरकारी खेती गरेका छन् । पर्यटन विकासको लागि नगरको योजना सफल हुन सकेको छैन् । जिल्लाकै मुख्य बजार चन्द्रौटा देखी १ किलोमिटर पुर्व,वन कार्यालय कपिलवस्तुले २०७२ सालमा शिवराज नगरपालिकालाई हस्तान्तरण गरेको नगर उद्यान अहिले तरकारी उत्पादन क्षेत्र बनेको हो ।

नगरउद्यानमा सूर्यमुखी उत्पादन भएको /तस्विर .माधव

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP