Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

जिल्ला समन्वय समितिद्वारा राप्ती गाउँपालिकाको अनुगमन

ओमप्रकाश गुप्ता ,सिसहनियाँ

जिल्ला समन्वय समिति दाङले लकडाउन पछि स्थानीय तहहरुको पछिल्लो गतिबिधिबारे जानकारी लिनका लागि अनुगमनको काम शुरु गरेको छ । यसै बिच समन्वय समिति दाङका उप संयोजक श्रीधर शर्मा पौडेल सहित प्रदेश ५का प्रदेश सांसद दामा शर्मा, जिल्ला समन्वय समितिका सदस्य तथा जिल्ला समन्वय अधिकारी साबित्रा थापा रहेको एक टोलीले अाइतवार राप्ती गाउँपालिकाको अनुगमन गरेको छ।

लकडाउन पछि स्थानीयतहहरुले गरिरहेको काम कारबाही, राहात बितरण,क्वारेन्टाइन, बिपद ब्यबस्थापन कोष,स्थानीय बिकास योजनाको काम, राहात संकलन र बितरणको अबस्थाको बारेमा अनुगमन गरिएको समितिका उप संयोजक श्रीधर शर्मा पौडेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा गएको टोलीलाई गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले लकडाउनको अबधीमा गाउँपालिकाले गरेको कार्यबिबरणको बारेमा जानकारी गराएका थिए ।

गाउँपालिकाका अध्यक्ष सुबेदीले गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ११ जना पुरुष रहेको जानकारी दिएका थिए । त्यसैगरि गाउँपालिकाले पहिलो चरणमा ६ सय ८८ घर धुरी र दोस्रो चरणमा ३ हजार ४ सय ५६ गरि ४ हजार १ सय ४४ जनालाई राहत बितरण गरेको र ४ जना सम्मको परिवारलाई पन्ध्र केजी र सो भन्दा बढी परिवार भएको घरधुरीलाई २५ केजीको दरले चामल र प्रति घरधुरी २ किलो दाल र दुई लिटर तेल बिरतण गरिएको जानकारी उपाध्यक्ष चौधरीले गराएकी थिइन् ।

त्यसै गरि गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा राहत आउने क्रम जारी रहेको जानकारी दिएकी थिइन् । भने आइतबार देखि प्रगन्ना कुलो सिचाई आयोजना अन्र्तगतको १ र २ नम्बर ईन्टेकबाट पानी सञ्चालन हुने क्षेत्रको कुलो सफाई तथा मर्मतको काम शुरु भएको जानकारी दिदै स्थानीय बिकाश योजना अन्र्तग ठेक्का भएका कामहरु सुचारु गर्नका लागी नेबद सहित आएमा ठेकेदारले काम गर्न सक्ने र त्यसका लागि गाउँपालिकाले पासको ब्यबस्था गरेको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP