Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पाल्हीनन्दन गाउँपालिकाका विभिन्न मस्जिद मदरसामा अनुगमन

परासी, १५ बैशाख । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पर्ने मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगद्धले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्लास्तरिय अनुगमन समितिले उक्त गाउँपालिकामा पर्ने १४ वटा मस्जिद मदरसाहरुको अनुगम गरेको समिति सदस्य हैदर अलि मोमिनले जानकारी दिएका छन् ।

समितिका संयोजक बिबि खरेलले, यस समितिले मस्जिद मदरसाहरुमा लुकेर बस्ने जमाती वा अपरिचित व्यक्तिहरुको निगरानी गर्न र यस रमजानको महिनामा मस्जिदहरुमा सामुहिक नमाज नपढन आग्रह गर्न र लकडाउनको पुर्ण पाल्ने गराउने उद्देश्यले अनुगमन भैरहेको बताएका छन् । आज पहिलो दिन पाल्हीनन्दन गाउँपालिकाको बेलासपुर, कुश्मा, हरपुर, सुनरी, रमपुरवाँ, लोहरौली, भगतपुरवाँ, गेरमी, चमनटोला र पडरि लगायतका मस्जिद मदरसाहरुको अनुगमन गरिएको संयोजक बिबि खरेलले जानकारी दिएका छ्न ।

अनुगमनमा समितिका अनुगमन समिति सदस्य हैदर अलि मोमिन, ईजहार मिँया, एनुल अंसारी, बुद्धन अलि मिँया, मौलाना सैयद गुलाम हुसैन मिँया र पत्रकार हुसैन अंसारी रहेका थिए । अनुगमन पाल्हीनन्दन गाउँपालिका उप प्रमुख पावित्री कोहार, प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्त सहित अनुगमन टोलीले बेलासपुर मस्जिदबाट अनुगमनको प्रारम्भ गरेको थियो । अनुगमनको क्रममा मस्जिद मदरसाहरुमा कुनै पनि जमाती वा अपरिचित व्यक्तिहरु लुकेर नबसेको र सामाजिक दुरी सहित लकडाउनको पाल्ना गरेको पाइएको समिति सदस्य बुद्धन अलिले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP