Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राप्ती गाउँपालिकाका थप २ जना प्रतिष्ठानमा र २ जना क्वारेन्टाइनमा भर्ना

ओमप्रकाश गुप्ता सिसहनियाँ

दाङ देउखुरीको राप्ती गाउँपालिकाका थप २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटका ५० वर्षिय पुरूष वैशाख १४ गते कपिलवस्तुको कृष्णनगर मुस्लिम मदरसाबाट पैदल हिडेर अाएको अवस्थामा र वडा नम्बर ८ पिपरीका २५ वर्षिय अार्का पुरूष दुवईबाट अाएको हुनाले ती दुवै पुरूषलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा चेकजाँच पछि गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर पिसिअार परिक्षणका लागि प्रतिष्ठानमा पठाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

यसै बिच महेन्द्रनगरबाट वैशाख १५ गते दाङको राप्ती गाउँपालिका वडा नम्बर २ मा अाएका २ पुरूषलाई वडा नम्बर २ को ऐरावती अादर्श बहुमुखी क्याम्पस लालमटियामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको शाखा प्रमुख राउतले जानकारी दिएका छन् । कामका शिलशिलामा महेन्द्रनगर गएका १८ र २८ वर्षका पुरूषहरू रहेको र उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण पछि मात्र छोडिने बताइएको छ । अहिले राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा कुल १३ जना व्यक्तिहरू भर्ना भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP