ओमप्रकाश गुप्ता
सिसहनियाँ
दाङका एक युवा सामाजिक तथा मानवीय सेवामा निकै खटिएका छन् । कोरोना भाइरस र लकडाउनका बेला अझ मानवीय सेवामा खटिएका दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी तथा अाशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसी (सुर्या भाई ) निलसागर सेवा आश्रममा जोडिएका छन् । उनी अाश्रमको स्वयंसेवक अभियन्तामा जोडिएको अाश्रमका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।
मानवीय सेवामा समर्पित केसीले ७० जना विरामीको घरमा अाैषधी पुर्याउन सफल पनि भएका छन् । लकडाउनका कारण नियमित आैषधी सेवन गर्ने विरामीहरू अस्पताल सम्म अाउन नसक्ने अवस्थालाई मध्यनजर गरी राप्ती गाउँपालिका १ भालुवाङ निवासी संस्थाका अध्यक्ष केसीले गाउँपालिका भित्रका विरामीहरूको घर घरमा अाैषधी पुर्याउदै अाएका छन् । कोही पनि दिर्घ रोगका विरामी,जेष्ठ नागरिक,अपांग,अशक्त,टुहुरा विरामीलाई विरामीको पर्चाका अाधारमा उनीहरूको घर सम्म अाैषधी पुर्याउदै अाएका छन्
। परोपकारी मनका धनी ब्याक्तिहरुको दान ,सेवाबाट चलेको संस्थाको नेपालगंज आश्रममा ४०० बढी सडक मानव आश्रित छन् भने दाङको सिसहनियाँ आश्रममा ३० जना घोराही ,तुलसिपुर ,लमही ,भालुवाङ र प्यूठानबाट उद्वार गरिएका सहयोगापेक्षी रहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया