Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अव किसान निरास हुनु पर्दैन, घर घरमा तरकारी खोज्दै चेम्बर

ओमप्रकाश गुप्ता
सिसहनियाँ

किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज अापुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्न सुरू गरेको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती चेम्बरले सोमबार देखि राप्ती गाउँपालिका भित्रका व्यवसायीक खेती गर्ने किसानको घरमै पुगेर तरकारी किन्न सुरू गरेको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

चेम्बरले किसान सँग किनेकै मुल्यमा उपभोक्ताहरूको घर घरमा तरकारी पुर्‍याउने गरेको छ । सोमबार चेम्बरले राप्ती गाउँपालिका वडा नम्बर ६ को सगरापुर,बगरापुर,पत्थरगढवा र कालापानीबाट भिन्डी,लाैका,करेला,काक्रा,फर्सी,टमाटर,बन्दागोभी,साग,बोडी लगायतको तरकारी खरिद गरेको थियोे ।

उता दाङ चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष श्रीधर महराले तरकारी बिक्री नभएकै कारण निरास हुन नपर्ने बताएका छन् । पालिका स्तरमा भएका चेम्बरको समन्वयमा दाङ जिल्ला भरि तरकारी खरिद गरि बिक्री गर्ने गरेको अध्यक्ष महराले बताएका छन् । अव चेम्बरले दैनिक रूपमा तरकारी खरिद गर्ने बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP