कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० जना म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मंगलवार बसेको कार्यापालिकाको वैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिका भित्र बसोवार गर्ने नागरिकहरु मध्ये वाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिईने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । नागरिकहरु भारत वाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावनालाई मध्येनजर गर्दै गाउँपालिकाले सिमा क्षेत्रमा विशेष ध्यान दिने उद्देश्यले यस्तो निर्णय गरेको थापाले बताउनुभयो ।
मुलुकमा कोरोना भाइरसको महामारी रहेको बेला पालिकाले यसवाट बच्न जस्तो सुकै कदम चाल्न तयार रहेको थापाले बताउनुभयो । गाउँपालिकाले गरेको निर्णयले लकडाउनलाई प्रभावकारी कार्यान्वनयन र शान्ति सुरक्षामा मद्धत पुग्ने ईलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो ।उनीहरुलाई नेपाल सरकारको नियमअनुसार ज्यालादारीमा राखिनेछ
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया