Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सिल भयो सिपवा क्षेत्र

हृदयराम गुप्ता

रुपन्देहीको कोटहीमाई गाउँपालिकाको सिपवा क्षेत्र सिल गरिएको छ । वडा नं. ५ स्थित मझगावा स्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका वडा नं. १ का २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रमो आवतजावत सुन्य गर्न सिल गरिएको हो ।

संक्रमित ब्यक्तिले १४ दिनअघि भारतको दिल्लीबाट आएका ती युवा मर्चवारको सम्मरीमाई गाँउपालिका २ ठोठरीनाकाबाट नेपाल प्रबेश गरेका थिए । दिल्लीको गान्धीनगरमा सिलाई कटाईको काम गर्दै आएका ती व्यक्ति १ बैशाखमा दिल्लीबाट हिडेका थिए ।

कोरोना संक्रमित परिवारका एक सदस्यले दिएको जानकारी अनुसार उनी दिल्लीबाट आउनेक्रममा कहिले ट्रकमा त कहिले हिडेर नेपालसम्म आएका थिए । उनी ५ बैशाखको दिउसो १ बजेतिर ठोठरी नाका आईपुगेका थिए । सिमानाका आईपुग्दा सुनसान देखिएपछि उनी सहजै नेपाल प्रबेश गरेका थिए । घर पुग्नु अहिले उनले स्थानीय एक जना र आफ्ना भाईलाई भेटेको ती सदस्यले जानकारी दिए । बाटोमा भाईलाई भेट्टाएका ती युवकलाई भाईले नै घरमा नलगी सिधै क्वारेन्टाईन लगेका थिए । दाईलाई क्वारेन्टाईन छाडेर भाई भने घर फर्किएका थिए ।

कोटहीमाई १ का ती व्यक्तिमा कोरोना पुष्टि भएपछि उनका परिवार र उनी भेट भएका साथीलाई क्वारेन्टाईन ल्याउन थालिएको छ । अहिले उनको घरमा रहेको ७ जना र साथीका श्रीमान श्रीमतीलाई क्वारेन्टाईन ल्याउन लागिएको कोटहीमाई गाँउपालिकाले जनाएको छ । कोटहीमाई ५ स्थित मर्चवार आर्दश माविको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा अहिले २५ जना रहेका छन् । उनी क्वारेन्टाईनमा भर्ना हुँदा उक्त क्वारेन्टाईनमा ९ जना थिए ।

ती मध्ये ४ जना घर गएका छन् । उनको सम्पर्कमा रहेका सबैको शनिवार स्वाव परिक्षण गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरिले जानकारी दिए । उनको अहिले बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना बिशेष अस्थायी अस्पतालको आईसोलेसन बार्डमा राखेर उपचार थालिएको छ । उनको अबस्था सामान्य रहेको लुम्बिनी प्रादेशिक अस्पताले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP