चन्द्रौटा,२१ वैशाख
कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ ले राहत वैंक स्थापना गर्ने भएको छ । वडा भित्र विपन्न परिवारको संख्य बढी रहेकोेले उनीहरुलाई भोकमरी बाट बचाउन राहत वैंक स्थापना गर्न लागिएको वडा अध्यक्ष जगत बहादुर जिसीले बताउनुभयो । वडा स्तरीय विपत व्यवस्थापन समितिको वैठकले वडा स्तरीय राहत वैक स्थापना गरी दैनिक खानपानमा समस्या रहेका नागरिकहरुलाई तुरुन्त राहत उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरेको अध्यक्ष जिसीले बताउनुभयो । ‘नगरले दोस्रो चरणको राहत प्रदान गरेको छ,पहिलो चरणमा दिएकाहरुलाई पुनः समस्या भएको छ,जिसीले भन्नुभयो ‘यस वैंकमा संकलन भएको राहतले जसको घरमा खाद्यान्य अभाव छ,चुलो बेलको छैन,त्यसलाई राहत दिइनेछ, ।’
लकडाउनले वडाको धानखोला,दोबाटा,बनकस लगाएतका ठाउँका नागरिकहरुलाई बढी समस्या परेको छ । उक्त सुकुम्वासी बस्तीका नागरिकहरुले मजदूरी गरेर दैनिकी जिविको पार्जन गरिरहेका परिवारलाई लकडाउन पश्चात संकट परेको अध्यक्ष जिसीको भनाई छ । उक्त राहत वैंक लकडाउन पश्चात पनि निरन्तर चलिरहेने राहत वैंक व्यवस्थापन समितिका सदस्य लेखनाथ पौडेलले बताउनुभयो । ‘अहिले हामीसँग एक लाख रकम संकलन भएको छ,केहि खाद्यान्य सामाग्री पनि आएको छ, पौडेलले भन्नुभयो ‘यो राहत वडाका नागरिकलाई जति बेला समस्या पर्छ उती बेलै वितरण गरिनेछ ।’ राहत वैक मार्फत वडामा किट जन्य रोग नियन्त्रणको लागि औषधि छिट्ने काम पनि हुने पौडेलले बताउनुभयो । शनिवार बसेको वडा स्तरीय विपत व्यवस्थापन समितिले वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्य राहत वैंक व्यवस्थापन समिति चयन गरेको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया