लोकनारायण सुबेदी
बुद्धको ज्ञानको खोज र शिक्षा अद्भूत थियो । बुद्धले आफ्नो सबैभन्दा आश्चर्यजनक खोज हरेक मनुष्यले निर्वाण प्राप्त गर्न सक्तछ भन्ने थियो । यसको स्ष्ट अर्थ के हो भने बुद्धले आफुलाई सर्बसाधारण मानिसभन्दा भिन्न अनौठो र महान गुरुकोरुपमा स्थापित गर्ने कुनै प्रयास पटक्कै गरेनन् ।
बरु उनले के भनेका छन् भने जे जति कुरा उनले बुझका छन् त्यो प्रत्येक मानिसको पहुच भित्रकै कुरा हो । दुःखको कारण खोजेर त्यसलाई समाप्त पार्न प्रयत्न गर्ने न बुद्ध पहिलो ब्यक्ति हुन् न अन्तिम नै भन्ने कुरा बुद्ध स्वयंले बारम्बार स्पष्ट पारेका छन् । यसरी बुद्ध धर्मले कहिले पनि एउटा ब्यक्ति बिशेषको सत्ता स्थापना गर्न नै खोजेन र गरेन । न त ब्यक्ति बिशेषको पूजा अर्चना र बिभिन्न कर्मकाण्डको नै कुरा गर्यो बुद्धले त बारम्बार के भनेका छन् भने ( जे म भन्दछु त्यसलाई केवल मैले भनेको भनेर स्वीकार नगर्नु ।
जस्तो किसिमले एउटा सुनारले सुनको शुद्धतालाई जाँच गर्दछ, त्यसलाई कसी दल्छ, परिक्षण गर्दछ त्यसरी नै मेरा शिक्षाहरुको पनि परीक्षण गरिनु पर्दछ र त्यसपछि मात्र त्यसलाई अपनाउनु पर्दछ । बुद्धले तर्क र ब्यक्ति भित्र पहिलादेख नै बसेको प्रज्ञालाई बिकसित गर्ने कुरामा जोड दिएका छन् ।
उनले स्थापित धर्महरुको ब्याखा तथा तिनका रुढीहरुमाथि कठोरतापूर्वक प्रश्न खडा गरे । उनको अन्तिम शब्द ’अप्प दीपो भव’ अर्थात् ’स्वयम प्रकाश बन’ ले यसै सत्यतर्फ संकेत गर्दछ र रहेक मनुष्यलाई आफ्नो बाटो आफै खोज्नु पर्ने दिशा निर्देश गर्दछ । आफ्ना अनुयायीहरुलाई आफ्नो अन्ध प्रभावबाट मुक्त गर्नका लागि पूरा इमानदारीकासाथ बुद्धले प्रयास गरे । अबश्य पनि बुद्धका शिष्यहरु थिए । उनको बिहारमा उनको देशना(प्रवचन, उपदेश) सुन्न मानिसहरु एकत्रित हुन्थे तर पनि बुद्धले कहिले पनि अन्ध भक्तिलाई कत्ति पनि प्रश्रय दिएनन् ।
यसको सबैभन्दा ठूलो उदारण बुद्धको यो बक्तब्य रहेको छ मेरा कुरा चन्द्रमातर्फ इशारा गर्ने औला समान हुन् । तिमीले चन्द्रमालाई हेर्नु पर्दछ तर यो औंलालाई चन्द्रमा सम्झिनु हुदैन’ । वास्तवमा धर्मका बिषयमा भक्तहरुले यस्तै गल्ती गर्ने गर्दै आएका छन् । अन्ध भक्ति, ब्यक्ति पूजा, गुरुप्रति मूढतापूर्ण श्रद्धा तथा गुरुहरुद्वारा शिष्यहरुको शोषण यसैको परिणाम हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया