माधव बेल्बासे
चन्द्रौटा,२९ वैशाख
कारोना भाइरसको संक्रमित बढेपछि कपिलवस्तु जिल्लामा थप कडाई गरिने भएको छ । सोमबार जिल्ला सुरक्षा समितिको वैठकले जेठ ५ गते राती १२ बजे सम्मको लागि थप कडाई गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कपिलवस्तुले सुचना जारी गर्दै जिल्लामा १५ जना कोरोना संक्रमण भएकोले जिल्लावासिलाई सर्तक रहन आग्रह गरेको छ ।
भारतको सीमा सँग जोडिएको कपिलवस्तुमा जेठ ५ गते सम्म अतिआवश्यक खाद्यान्य,तरकारी,फलफुल,दुध,पेट्रोलिय पदार्थ,ग्यास औषधि पानी,पशुपन्छिको दाना,एम्बुलेन्स,शववाहन तथा राजमार्गमा गुड्ने सवारी साधन जिल्ला भित्र ओर्लिन र चढन नपाउने गरी,सबै प्रकारका सवारी साधन तथा मानिस आवतजावतमा पुर्ण रुपमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले अनुसार वैशाख २९ गते साझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजे सम्म जिल्लालाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) क र संक्रमक रोग ऐन २०२० को दफा २(१) बमोजिम पूर्ण रुपमा कडाई गरिएको छ । खाद्यान्य तथा तरकारी किनमेलको लागि विहान ७ बजे देखि ९ बजे सम्म समय तोकिएको पौडेलले बताउनुभयो ।
१५ जना संक्रमित
कपिलवस्तुमा अहिले सम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् । कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना हुन् । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएका थिए । संक्रमण देखिएका सबै जनालाई बुटवलको कोरोना विशेष अस्पतालमा लगिएको छ ।
लकिछिपि नेपाल प्रवेश
कपिलवस्तुमा देखिएका संक्रमितहरु भारत बाट नेपाल फर्किएका नागरिहरु रहेको पाइएको छ । कतिपय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका थिए भने कतिपय नेपाल आएर क्वारेन्टाइन गएका थिए । सोमावार संक्रमित भेटिएका कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा न ७ मानपुरमा एक युवाले आफु भारतको दुई स्थानका क्वारेन्टाइनमा बसेको बताएका छन् । सुरुमा भारतको तुलसीपुर स्थित क्वारेन्टाईनमा १४ दिन र डुमनैया स्थित चौधरी ईनटरनेशनल कलेजमा १४ दिन क्वारेन्टाईनमा बसेको युवाको भनाई छ ।
यता बुद्धभुमी नगरपालिका वडा न १० धनकौलीका युवा सीमा क्षेत्र बाट लुकेर नेपाल प्रवशे गरेको पाइएको छ । मुम्बई बाट आएका उनी नेपाल आउन १९ दिन लागेको बताएका छन् । उनी रंगपुर नाका हुदै लुकेर वैशाख २६ गते नेपाल आएको पाइएको छ । उनी घर नपुगी सिधै क्वारेन्टाईनमा गएको बताएका छन् । मुम्बई वाट लखनउ आउदा सम्म सवारीमा भारतीय नागरिक सहित आएका थिए भने लखनउ बाट सीमा सम्म पैदल आएको उनको भनाई छ ।
सीमा सुरक्षामा चुनौती
भारत संग जोडिएको खुला सीमानाको फाइदा उठाउदै केहि नेपालीहरु अवैध मार्ग भएर प्रवेश गरिरहेका छन् । कपिलवस्तु जिल्लाको ९७ किमी लामो सीमाना सशस्त्र प्रहरीको ६५ वटा पोष्ट र नेपाल प्रहरीको १९ वटा प्रहरी चौकी खडा गरिएको छ । सीमामा मात्र १६ सय बढी सुरक्षाकर्मी खटाइएको छ । तर पनि रातीको समयमा नेपाल प्रवेश गर्नेहरु सख्या बढी छ । वैशाख २३ गते सामूहिक रुपमा लुकिछिपी नेपाल छिरेका १५५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइन राखेको थियो । उनी मध्ये ५ जना मायादेवी मासंक्रमित भेटिएका थिए ।
सीमामा सुरक्षाकर्मी खटाएको भएपनि रातको समयमा जंगलको बाटो हुदै केहि नागरिकहरु प्रवेश गरेको जानकारी आएको सशस्त्र प्रहरी उपरिक्षक जनकराज पुरीले बताउनुभयो । सीमाना, क्वारेन्टाइन, लकडाउन व्यवस्थापन रसम्भावित अपराध र सुरक्षाका लागि खटाउदा प्रहरी जनशक्ति अपुग भएको जिल्ला प्रहरी कपिलवस्तु प्रहरी नायव उपरिक्षक सुनिल मल्लको भनाई छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया