काठमाडौं । थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
संक्रमितहरू कपिलवस्तुको यशोधरा ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन् । त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर ५ की ११ वर्षीय बालिका रहेकी छिन् ।
उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ । जसमध्ये ३१ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया