Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

लकडाउने छोएन कृषकलाई !

विक्रम खत्री, गुल्मी

कोरोना भाइरसले विश्वव्यापी ल्याएसंगै नेपालमा पनि दिन प्रतिदिन यसको संक्रमण बढदै गएको पाइन्छ। कोरोना संक्रमणबाट बच्न अहिले देशनै लकडाउनमा रहेको छ। बजार क्षेत्र सुनसान छ सटर बन्द गरि मानिस भित्र गुम्सिएका छन् भने ग्रामीण भेगका किसानहरु आआफ्नो खेत, खरबारीमा व्यस्त भएको देख्न पाइन्छ। यता गुल्मिको धुर्कोट गाउँपालिका १ नयाँगाउँमा पनि लकडाउनलाई भुली आआफ्नो काममा बिना लागिरहेका छन्।

यो समय मकै लगाउने, दाउरा काटने, खरबारि सफा गर्ने भएकोहुनाले किसानलाई भ्याइ नभ्याई छ। यसो त गाउँमा जुनसुकै सिजनमा किसान व्यस्तनै हुन्छन्। यो समय मानो रोपेर मुरि उब्जाउने भएकोले धेरै समय खेतबालिमा बिताउने गरेको कृषक गणेश विस्वकर्माले बताए ।

मकै छरेर सकिएकोले तेत्ती काम नभएपनि घरमा अन्य काम भएको उनले जानकारी दिए। यसो त गाउँमा १ घर १ धारा भन्ने नाराका साथ निमार्ण कार्य अगाडि बढाइएकाले सबको घरमा धारा बनाउने कार्य धमाधम भैरहेको छ। १ घर १ धारा बनाउने भन्ने सपना धेरै पहिल्यै देखि जनप्रतिनिधिहरुले बाडेपनी उक्त सपना बल्ल सुसम्पन्न भएको स्थानिय बिष्णु बहादुर खत्रीले बताए । जुन जोगि आएपनी कानोइ चिरेको भन्ने उखानले अहिले आयर फलप खाएको र काम गर्ने इच्छा भए गर्न अस्मभव नहुने उनले भने !

उक्त क्षेत्र सुन्तला, कागती लगायतका फलफुलमा भरिपूर्ण भएकोले अहिले बोटबिरुवाको स्हारसुसार, खनजोत गरिने र कटिङ्ग, किटनासक औसधी छर्ने काम पनि भैरहेको छ। हाम्रो जिविकोपार्जन र आम्दानिको मुख्य स्रोतनै सुन्तला भएकोले यसै मा मेरो विशेष ध्यान छ गाउँका सुन्तला उत्पादक बुद्धि खत्रीले भने। गाउमा मौरीको मह समेत उत्पादन गरि विक्रिवितरण गरिन्छ। सोही गाउँका करिब आधा प्रतिशत घरधुरिले मह उत्पादन पनि गरेको पाइन्छ । सो मौरीको महले धेरै बजार धानेको र आम्दानी पनि भएको विगत लामो समय देखि मह उत्पादन गर्दै आयका जनक बहादुर खत्रीले बताउनु भयो।

यी बाहेक गाउमा बाली स्हार्ने, मकै लगाउने कार्यपनी भैरहेको छ। साथै विशेष सर्तकता अपनाइ गाउँको खाल प्राथमिक विद्यालयमा १० बेड सहितको क्वारेन्टाइन निमार्ण गरिएको छ। गाउँमा भित्रने अन्य जिल्ला तथा विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टाइन मा राखी स्वाब परिक्षण गरि घर पठाउने क्वारेन्टाइन व्यवस्थापन अध्यक्ष डिलबहादुर खत्रीले जानकारी दिनुभयो।

गाउँमा यतिबेला तिजु, काफलपनि पाक्ने समय छ । तर सधैको बर्ष जस्तो अहिले मानिसको लर्को सहित खानजाने क्रम हटेको छ कारण कोरोना संक्रमणको सन्त्रास र लकडाउनको पालना ! जङगलमा केही व्यक्ती गएर काफल ,तिजु खाएको पाइएको छ । लकडाउनका कारण रोजगार गुमेसंगै धेरै सहर, दोस्रो मुलुक तथा बिदेशियका नागरिक पनि गाउँमा फर्केका छ्न ।

उनिहरुपनी गाउँमा जोतबाह लगायतका काममा तल्लिन बनेका छन्। कतिपयले त गाउँमै बसीन्छ अर्काको चाकरी गर्न समेत भनेको यदाकदा सुन्नमा आउँछ। त्यसकारण पनि गाउका बाँझा जमिनपनि जोतिएका छ्न। गाउँमा काम निरन्तर चलेको, घर बाहिर मानिस काममै व्यस्त रहेको, निमार्ण कार्यमा जुटिरहेको देखिन्छ। त्यसैले गर्दापनी अहिले गाउँका किसानलाई लकडाउनले कुनै प्रभाव पारेको नपाएको देख्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP