काठमाडौँ – नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयलाई लिएर अहिले नेपालमा विरोध चर्केको छ । कोरोना भाइरसको महामारीका बीच पनि नागरिकहरु सडकमा उत्रेर भारत विरोधी प्रदर्शनमा सहभागी भए । भारतको उक्त कदममा आपत्ति जनाएको सरकारले आज सर्वदलीय बैठकको आयोजना गरेको छ । यो बैठकमार्फत भारतले मिचेको नेपाली भूमि फिर्ताका लागि सम्पूर्ण मुलुक एक ठाउँमा रहेको सन्देश दिन खोजिएको छ ।
तर सरकारले सर्वदलीय बैठकमार्फत गरेका निर्णय र वक्तव्यबाजीले मात्रै सीमा विवाद समाधान नहुने सरोकारवालाले बताएका छन् । सीमाविद बुद्धिनारायण श्रेष्ठले गत कार्तिकमा भएको सर्वदलीय सर्वपक्षीय निर्णयलाई वेवास्ता गरेको सरकारले पछिल्लो निर्णय कार्यान्वयन गर्नेमा आफूआशावादी नरहेकको बताउनुभयो । उहाँले सरकारको दृढ इच्छालाई ठोस पहलका रुपमा रुपान्तरण नगरिए वक्तव्यबाजीले केही लछारपाटो नलाग्ने उहाँले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया