
काठमाडौं : नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार बिहान २ पटक सार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनः सच्याएको छ। मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो।
तर उक्त सूचनामा दोस्रो पटक ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै मन्त्रालयले त्रुटि सच्याएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको जानकारी गराएका हुन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया