ओमप्रकाश गुप्ता
सिसहनियाँ
प्रतिनिधि सभाका सदस्य गंगा चाैधरी(सत्गाैवा)ले राप्ती र गढवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई बिहीबार स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३ लाख १० हजार मुल्य बराबरको १५ वटा पिपिई,५ हजार पिस सर्जिकल मास्क,४ सय जोडी पन्जा र ५ सय एम.एलको २० बोतल सेनिटाइजर प्रदान गरेकी हुन् ।
विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई ध्यान दिदै अग्रपंक्तिमा रहेर स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मी,सुरक्षामा खटिने सुरक्षाकर्मी र रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सो सामाग्री प्रदान गरेको प्रतिनिधि सभा सदस्य चाैधरीले बताएकी छिन् ।
यसै क्रममा बिहीबार राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चाैकी,लालमटिया स्वास्थ्य चाैकी,ससत्र प्रहरी ज्वालामाईगण भालुवाङ,इलाका प्रहरी कार्यालय भालुवाङ,अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ,प्रहरी चाैकी सिसहनियाँ,लालमटिया,मसुरीया र सिसहनियाँमा रहेको प्रहरी विट,निलसागर सेवा अाश्रम पिपरी र पत्रकारहरू ओमप्रकाश गुप्ता,विदुर एमसीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
राप्ती गाउँपालिकामा मात्रै ८ वटा पिपिई,४० प्याकेट सर्जिकल मास्क,२ सय जोडी पन्जा र ५ सय एम.एलको १० बोतल सेनिटाइजर प्रदान गरिएको छ । स्वास्थ्य सामाग्री वितरण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिकाका सचिवालय सदस्य ओमनाथ बञ्जाडेले गरेका थिए ।
यता गढवाको इलाका प्रहरी कार्यालय,गढवा,गोवरडिहा, गंगापरस्पुर स्वास्थ्य चाैकी,गढवा तथा राजपुरका ८ वटा एम्बुलेन्स र पत्रकार शिवराज पन्थी,दखहरण यादवलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । गढवामा १० वटा पिपिई,२५ सय पिस सर्जिकल मास्क,३ प्याकेट पन्जा र ५ सय एम.एलको १० बोतल सेनिटाइजर प्रदान गरिएको छ ।
गढवामा स्वास्थ्य सामाग्री वितरण प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चाैधरी,गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डे,गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल अाचार्य,गढवा गाउँपालिका ५ नम्बर वडा अध्यक्ष प्रकाश भण्डारी,अायम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश बस्याल र स्वास्थ्यकर्मीहरूको सहभागीतामा भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया