Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राप्ती गाउँपालिकामा २१ जनाको रिपोर्ट नेगेटिभ, ८ जना क्वारेन्टानमा भर्ना

ओमप्रकाश गुप्ता

भालुवाङ

राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २१ जनाको रिपोर्ट नेगेटिभ अाएको छ भने भारत र जिल्ला बाहिरबाट राप्ती गाउँपालिकामा अाएका ८ जनालाई बिहीबार क्वारेन्टाइनमा भर्ना गरिएको छ । भारतबाट अाई सर्वोदय मावि सिसहनियाँ क्वारेन्टाइनमा बसेका बंगलाचुलीका १, राप्ती गाउँपालिका वडा नम्बर ६ का ३ र वडा नम्बर ९ का २ जना गरि ६ जना २० देखि ४१ वर्ष उमेरका पुरूषको रिपोर्ट नेगेटिभ अाएको छ ।

त्यसै गरि भारतबाट अाई दुर्गा भवानी अाधारभुत विद्यालय मसुरीयाको क्वारेन्टाइनमा बसेका राप्ती गाउँपालिका वडा नम्बर ९ का १५ देखि ४५ वर्ष उमेरका ११ जना पुरूषहरूको रिपोर्ट पनि नेगेटिभ अाएको छ । भने नेपालगञ्ज र भारतबाट अाई ऐरावती अादर्श बहुमुखी क्याम्पस लालमटियाको क्वारेन्टाइनमा बसेका राप्ती गाउँपालिका वडा नम्बर १ का २ जना र वडा नम्बर २ का २ जना गरि २० देखि ४२ वर्ष उमेरका ४ जनाको रिपोर्ट नेगेटिभ अाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा बसेका २१ जनाको स्वाव संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिअार परिक्षण गर्दा २१ जनाकै रिपोर्ट नेगेटिभ अाएको हो । उनीहरू सवैलाई सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर बिदाई गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

यसै बिच बुधबार भारतबाट राप्ती गाउँपालिकामा अाएका वडा नम्बर ७ का २० र ६० वर्ष उमेरका २ जना पुरूषलाई सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यसै गरि कपिलवस्तु र रूपन्देहीबाट राप्ती गाउँपालिका नम्बर १ का २ जना,वडा नम्बर २ का २ जना गरि २८ देखि ६२ वर्ष उमेरका १ महिला र ३ पुरूष गरि ४ जनालाई ऐरावती अादर्श बहुमुखी क्याम्पस लालमटिया क्वारेन्टाइनमा र भारतबाट राप्ती गाउँपालिका वडा नम्बर ४ मा अाएका ३० देखि ३४ वर्ष उमेरका २ जना पुरूषलाई मावि माैरीघाटको क्वारेन्टाइनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकामा अाएका उनीहरू सवैको स्वास्थ्य चेकजाँच गरि भर्ना गरिएको छ । अहिले सम्म १० वटा क्वारेन्टाइनमा १ सय २० जना व्यक्तिहरू रहेका छन् । स्थापना गरिएको क्वारेन्टाइनमा कुल २ सय ९ वेड रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP