ओमप्रकाश गुप्ता
सिसहनियाँ
दाङ देउखुरीका ४ जना सञ्चारकर्मीहरूलाई एक सांसदले पिपिई सहितको स्वास्थ्य सामाग्री प्रदान गरेका छिन् । प्रतिनिधि सभाका सदस्य गंगा चाैधरी (सत्गाैवा) ले राप्ती गाउँपालिकाका २ जना र गढवा गाउँपालिकाका २ जना सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेकी हुन् ।
विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई ध्यान दिदै अग्रपंक्तिमा रहेर रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन राप्ती गाउँपालिकाका सञ्चारकर्मीहरू ओमप्रकाश गुप्ता र विदुर एम.सीलाई १/१ सेट पिपिई,१/१ प्याकेट सर्जिकल मास्क,१/१ जोडी पन्जा प्रदान गरेकी छिन् ।
भने गढवाका सञ्चारकर्मीहरू शिवराज पन्थी र दुखहरण यादवलाई १/१ प्याकेट सर्जिकल मास्क प्रदान गरेकी छिन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३ लाख १० हजार मुल्य बराबरको १५ वटा पिपिई,५ हजार पिस सर्जिकल मास्क,४ सय जोडी पन्जा र ५ सय एम.एलको २० बोतल सेनिटाइजर मध्येबाट सो स्वास्थ्य सामाग्री प्रदान गरेको प्रतिनिधि सभा सदस्य चाैधरीले बताएकी छिन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया